Section 26
दीर्घकालीन करार अन्तर्गत समावेश र कट्टी हुने रकमहरुमा औसत निकाल्ने तरिका
(१) कुनै व्यक्तिलाई कुनै आय बर्षमा कुनै रोजगारी, व्यवसाय वा लगानीबाट भएको आय गणना गर्ने प्रयोजनको लागि सो व्यक्तिको दीर्घकालीन करार अन्तर्गत करारको सम्पन्न प्रतिशत अनुसार क्रमबद्ध वृद्धिको योग अनुसार समावेश हुने र क्रमबद्ध वृद्धिको योग अनुसार कट्टी गरिने अनुमानित रकम, प्राप्त गरिएको वा खर्च गरिएको मानिनेछ । स्पष्टीकरण: यस दफाको प्रयोजनको लागि “दीर्घकालीन करार” भन्नाले देहाय बमोजिमको अवस्थाको करार सम्झनु पर्छ:-

(क) सो करारको बहाली अवधि बाह्र महिनाभन्दा बढी भएको,र

(ख) सो करार उत्पादन, जडान वा निर्माणका लागि वा त्यस्तो प्रत्येक कामका सम्बन्धमा सम्बद्ध सेवाको सम्पादनका लागि गरिएको वा समावेश नभएको करार बाहेकको प्रतिफल विलम्बित हुने करार ।

(२) प्रतिफल विलम्बित हुने करार, क्रमबद्ध वृद्धिको योग अनुसार समावेश हुने, क्रमबद्ध वृद्धिको योग अनुसार कट्टा गरिने, समावेश नभएको करार (एक्स्ल्कुडेड कन्ट्राक्ट) र सम्पन्न प्रतिशतको करार तोकिए बमोजिम हुनेछ ।